भट्टलाई गभर्नर नबनाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन खोजिएको भन्दै सर्वोच्चमा रिट परेको छ ।

शुक्रबार अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले गभर्नरमा भट्टको योग्यता नपुग्ने दाबी गर्दै रिट दायर गरेका हुन् । रिटको पेसी आइतबारलाई तोकिएको छ ।

रिटमा राष्ट्र बैंक ऐनविरुद्ध गएर भट्टलाई गभर्नर बनाउन नहुने भन्दै नेताहरुको सहमतिको आधारलाई शिरानी हाली विपक्षी सिफारिस समितिलाई अयोग्य व्यक्तिहरु सिफारिस गर्नेलगायत अन्य कुनै पनि काम नगर्न नगराउन आदेशको माग गरिएको छ।

त्यसैगरी निवेदकहरुले ऐनविपरीत अयोग्य व्यक्तिहरुको नाम मन्त्रिपरिषद्मा सिफारिस भई आएमा ऐनले तोकेका योग्य व्यक्तिको नियुक्ति वञ्चित हुने भएकाले त्यस्तो कार्य नगर्न नगराउन आदेशको माग गरिएको छ ।

नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । त्योसँगै भट्टले शुक्रबार कार्यकारी निर्देशकबाट राजीनामा समेत बुझाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *