प्रि–मनसुनमै विपदजन्य घटनामा परी ४१ जनाको मृत्यु

काठमाडौं । प्रि–मनसुनमै विपदजन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गरी प्रि–मनसुनमै विपदमा परी ४१ जनाको मृत्यु र २७५ जना घाइते भएका जानकारी दिएको हो ।

प्राधिकरणले विपद्को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई प्रि–मनसुन भनिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *