चितवन एनएसएलको प्लेअफमा

काठमाडौं । एफसी चितवन काठमाडौंमा जारी नेपाल सुपर लिग(एनएसएल) को प्लेअफमा पुगेको छ । बिहीबार बेलुकी भएको लिगचरणको अन्तिम खेलमा धनगढी एफसीलाई ३-१ गोलले हराउँदै चितवन पहिलोपटक प्लेअफमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनलाई जित दिलाउन नोडिर माभ्लोनोभ र जय गुरुङले समान एक/एक गोल गरे । चितवनले एक गोल उपहार पाएको हो । धनगढीको लागि जर्ज प्रिन्स कार्कीले सान्तवना गोल गरे ।

जितसँगै चितवन ६ खेलबाट ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अंक जोडेको धनगढी दोस्रो स्थानमा यथावत रहेको छ ।

अब चितवनले इलिमिनेटरको खेलमा पोखरा थन्डर्सको सामना गर्नेछ भने पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्नेछन् । पहिलो क्वालिफायर शनिबार हुनेछ भने इलिमिनेटर आइतबार हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *