काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन् ।
बुधबार कांग्रेस नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा भट्टराईले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन् ।
उनले राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे आफू ३३ सालसम्म कांगे्रस निकट रहेको बताए । उनले भने, ‘शेरबहादुर देउवालगायत साथीहरुलाई सुनाउन चाहन्छु म त सामान्तवाद निरङ्कुशता राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांग्रेस निकट रहें । त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट हो त्यसैले म दुईवटै गुण भएको अलिकति अगाडि बढेको नयाँ मान्छे हो ।’
कांग्रेस र कम्युनिष्टहरु भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै भट्टराईले कांग्रेस र कम्युनिष्टहरुले लिएको विचार अपुरो भएको बताए ।