दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ

काठमाडौं । काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिई उनीहरुलाई आवश्यक अनुसन्धानको लागि काठमाडौं ल्याइँदै गरिएको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *