निरजलाई सूर्य नेपाल गल्फ टुरअन्तर्गत एनपिजिए-प्लेको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गत एनपिजिए म्याच–प्लेको उपाधि निरज तामाङले जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न ३६ होलको फाइनल प्रतिस्पर्धामा नेपाल नम्बर दुई गल्फर निरजले आठौँ वरीयताका धनबहादुर थापालाई ५/४ ले हराउँदै उपाधि जितेका हुन् । निरजको यो गल्फ खेल जीवनको चौथो उपाधि हो ।

उपाधिसँगै निरजले ६० हजार रुपियाँ पुरस्कार प्राप्त गर्दा उपविजेता धनले ४२ हजार रुपैयाँमा चित्त बुझाए । निरजले पहिलो चरणमा सूर्यप्रसाद शर्मा, क्वाटरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतिलाई हराएका थिए ।

निरजले यस सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि पनि जितेका थिए । साविक विजेता दिनेश प्रजापति तेस्रो भए । प्रतियोगितामा शीर्ष वरीयताका १६ गल्फरले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *