रुपन्देहीमा भन्सार छलेर सामान ओसारपसार गर्न सहजीकरणका लागि ३० हजार घुस लिने प्रहरीका सई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीमा एकजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ ।

प्रहरी चौकी दुर्गाैलिया रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्कालाई भन्सार चोरी तस्करी गर्न सहजीकरण गर्ने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

३० हजार रुपैयाँ घुस लिने क्रममा अख्तियारको टोलीले खड्कालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *