प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात श्रमिककाे मृत्यु (अपडेट)

झिमरुक । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबद्र्धन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

ट्र्याक्टर दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षीय कमल कुँवर पनि मृत्यु भएको उनले बताए । साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको थियो । ट्र्याक्टरमा आठ जना सवारमध्ये एक ट्र्याक्टरबाट हामफलेर बाँच्न सफल भएको जनाइएको छ ।

सडकबाट करिब ५०० मिटर तल खसेको छ । शव आफन्तलाई बुझाउने तयारी भएको प्रहरी निरीक्षक पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *