कर्णाटक ।भारतको कर्नाटकमा ट्रकमा बिस्फोट हुँदा कम्तिमा ६ जनाको ज्यान गएको छ ।शिवमोगा जिल्लामा बिहीबार राति ट्रकमा बिस्फोट भएको र त्यसमा ज्यान गुमाउनेको संख्या बढि हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जिटेलिनसहितको ट्रकमा मजदुर पनि सवार रहेको खुलेको स्थानीय प्रहरीले बताएको छ। राति साढे १० बजेतिर भएको बिस्फोटको आवाज छिमेकी चिकमंगलुरु जिल्लासम्म सुनिएको थियो ।
