एजेन्सी । न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलोपटक उपाधि जितेको छ । आइतबार राति भएको इंग्लिस लिग कपको फाइनलमा लिभरपुललाई २-१ गोलले हराउँदै न्युक्यासलले सन् १९५५ पछि पहिलोपटक उपाधि जितेको हो ।
वेम्बली स्टेडियममा भएको खेलमा न्युक्यासललाई जित दिलाउन डानियल बर्न र एलेक्सान्दर इसाकले समान एक/एक गोल गरे । लिभरपुलको लागि फेडेरिको चियसाले एक गोल फर्काए । खेलको ४५ औँ मिनेटमा बर्नले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
५२ औँ मिनेटमा इसाकले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा चियसाले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरेपनि बाँकी समयमा थप गोल हुन नसक्दा युनाइटेड २-१ गोलले विजयी भएको हो ।