मिल्स गोल्ड कप फुटबलमा फ्युजन क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टद्वारा आयोजित प्रतियोगिताको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । ऐतिहासिक जुट मिल खेलमैदानमा आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा क्लबको सहभागिता रहेको ट्रष्टका अध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए ।

प्रतियोगितामा प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरी, फ्युजन फुटबल क्लब गाईघाट उदयपुर, वाइएससी खोख झिल कटिहार विहार भारत, टिएमसी तालतैलैया इटहरी सुनसरी, पेमा स्पोटिङ क्लब विराटनगर, प्रदेश नं १ प्रहरी कार्यालय रानी विराटनगर, लालीगुँरास स्पोटिङ क्लब रानी मिल्स विराटनगर र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् ।

प्रतियोगिताका विजेताले एक लाख एक हजार, उपविजेताले ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने र व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले जितेको थियो ।

उद्घाटन खेलमा फ्युजन फुटबल क्लब उदयपुर गाईघाटले प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरीलाई १–० पराजित गरेको छ ।

सोमबारको खेल पेमा स्पोटिङ क्लब विराटनगर र १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी चैत १० गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *