गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली आक्रमणमा पत्रकारहरूसहित नौ जनाको मृत्यु भएको बताएको छ । उक्त आक्रमणलाई हमासले नाजुक युद्धविरामको ‘स्पष्ट उल्लङ्घन’ भनेर निन्दा गरेको छ ।

‘बेइत लाहिया सहरमा ड्रोनले एक गाडीलाई लक्षित गरेको र साथै सोही क्षेत्रमा तोपखाना गोलाबारी गरेको परिणामस्वरूप नौ शहीद (अस्पताल) मा स्थानान्तरण गरिएका छन्, जसमा केही पत्रकार र अल–खैर चेरिटेबल अर्गनाइजेशनका केही कार्यकर्ता समावेश छन्’, नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले भने ।

हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण उत्तरी गाजा पट्टीको इन्डोनेसियाली अस्पतालमा गम्भीर मामिलासहित नौ जना शहीद र धेरै घाइते भएको रिपोर्ट गरेको छ ।

‘सेनाले दुई आतङ्कवादीलाई आक्रमण गर्यो … एक जनाले ड्रोन सञ्चालन गरिरहेका थिए जसले बेइत लाहिया क्षेत्रमा आइडिएफ सैनिकहरूलाई खतरा निम्त्याएको थिए’, इजरायली सेनाले वक्तव्यमा भनेको छ, ‘पछि धेरै अतिरिक्त आतङ्ककारीहरूले ड्रोन सञ्चालन गर्ने उपकरणहरू सङ्कलन गरे र एउटा गाडीमा प्रवेश गरे, आइडिएफले आतङ्ककारीहरूलाई प्रहार गर्यो ।’

आक्रमणपछि हमासले इजरायललाई गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ ।

‘कब्जाकारी (इजरायल) ले पत्रकार र मानवीय कार्यकर्ताहरूको समूहलाई लक्षित गरेर उत्तरी गाजा पट्टीमा एक भयानक नरसंहार गरेको छ, यो युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन हो’, हमास प्रवक्ता हाजेम कासिमले एक वक्तव्यमा भने ।
गाजामा हमास–सम्बद्ध मिडियाका निर्देशक इस्माइल थवाब्तेहले स्थानीय फोटो पत्रकारहरू ‘बेइत लाहियामा रमदानको भोजन टेबलको छवि खिच्न गर्न ड्रोन प्रयोग गरिरहेको’ बेला मारिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *