दरबार हत्याकाण्डबारे जनताको भाषा बोलेको हुँः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डबारे आफूले जनताको आवाज मुखरित गरेको बताएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले शुक्रबार सिन्धुपाल्चोकमा बोलेको विषय जनताको मनको कुरा भएको बताए ।

उनले आफू भूमिगत हुँदा पनि यही कुरा बोलेको र त्यही कुरालाई अहिले स्मरण गराएको बताए । उनले भने, ‘दरबार हत्याकाण्डपछि हामी भूमिगत हुँदा पनि यही कुरा बोलेको थिएँ । मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ । अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ । मैले जनतालाई लागेको छ भन्ने भाषाले बोलेको छु ।’

शुक्रबार मेचलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजालाई मूर्ति चोर र ‘भाइमारा’ को आरोपसमेत लगाएका थिए ।

उनले भनेका थिए, ‘भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि ! सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ । धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *