युगान्डाद्वारा नेपाललाई ९२ रनको विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । चार देशीय टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत जारी खेलमा युगान्डाले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । एन्टेबे क्रिकेट ओभलमा जारी खेलमा युगान्डाले नेपाललाई जितको लागि ९२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको युगान्डाले २० ओभरमा ५ विकेटको क्षतिमा ९१ रन बनाएको हो । युगान्डाको लागि रिता मुसामलीले ३८, इस्थर लोकुले २२ र स्टेफानी नाम्पिनाले १३ रन बनाइन् । युगान्डाका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि रियाल शर्माले दुई विकेट लिँदा पुजा महतो, इश्वरी विष्ट र रुबिना क्षेत्रीले समान एक/एक विकेट लिइन् । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *