काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३७ वर्षपछि पक्राउ परेका छन् । २०४४ साल फागुन सात गते पर्वतको साबिक कुर्घा गाउँका गम्भीर गुरुङ र तेजबहादुर गुरुङ स्थानीय रामबहादुुर गुरुङको हत्या गरी फरार भएका थिए ।
हत्या पछि फरार भएका उनीहरुलाई जिल्ला अदालत पर्वतले २०५८ सालमा दोषी ठहर गर्दै दश दश वर्ष कैद सजाय सुनाएको थियो ।
उनीहरुलाई ललितपुरबाट फागुन २५ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पश्चात दुबै जना अदालतको आदेशमा जेल चलान भएका प्रहरीले जनाएको छ ।