काठमाडौं । सरकारले ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने भएको छ ।
नेपालमा आन्तरिक रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सोमबार र मंगलबार काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ आयोजना गरिएको थियो । श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको सम्मेलनले यस्तो रणनीति बनाउने गरी घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा आन्तरिक रोजगारी सिर्जना तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवद्र्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ । रोजगार प्रवद्र्धन दशक कार्यान्वयन गर्न आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने समेत घोषणा पत्रमा लेखिएको छ ।