काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एकजनाले आत्मदाह प्रयास गरेका छन् । गएराति स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभगरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए ।
घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धारगरी अस्पताल पुर्याएको थियो । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
उनको हात र अनुहारमा जलेको छ । एक युवतीले मानसिक तनाव दिएको भन्दै आत्मदाह गर्न लागेको उनले बताएका थिए ।
उनले दुःख दिएको भनिएकी युवतीको उजुरीपछि प्रहरीले कार्कीलाई यसअघि पक्राउ गरेको थियो । त्यसपछि उनी १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको प्रहरीले जनाएको छ ।