सुनको मूल्य तोलामा पाँचसयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ९०० रुपैयाँ कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *