अल नासर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिग इलिटको क्वाटरफाइनलमा पुगेको छ । सोमबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इस्टेघललाई ३-० गोलले हराउँदै अल नासरले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

अल नासरले समाग्रमा ३-० गोलको जित निकालेको हो । यसअघि भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा अल नासरलाई जित दिलाउन झोन डुरानले दुई र क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । खेलको नवौं मिनेटमा डुरानले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

२७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ८४ औँ मिनेटमा डुरानले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ३-० गोलको जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *