मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको बैठकमा प्रचण्डले समय माग गरेको छलफल भएको थियो ।

प्रचण्डको माग बमोजिम बोल्ने समय निर्धारण भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । आइतबार राजावादीले गरेको प्रदर्शनकाबारेमा प्रचण्डले बोल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *