एजेन्सी । भारतले आईसीसी च्याम्पियन्स ट्रफी२०२५ को उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत तेस्रोपटक च्याम्पियन बनेको हो ।
जितको लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो। भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । यस्तै शुभमन गिलले ३१, श्रेयस अय्यरले ४८, अक्षर पटेलले २९, कएल राहुलले ३४, हार्दिक पाण्ड्याले १८ र रवीन्द्र जडेजाले ९ रन बनाए बनाउँदा राहुल र जडेजा नटआउट रहे ।
यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५१ रन जोडेको थियो ।
न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । रचीन रवीन्द्रले ३७, ग्लेन फिलिप्सले ३४, मिचेल ब्रासवेलले ५३ रन जोडे ।
रचिन रवीन्द्र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । यसअघि भारतले सन् २००२ र सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।