ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम गरिएको मुद्दामा विशेष अदालतलेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले ११० जनालाई प्रतिवादी कायम गरी विशेष अदालतमा २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०८० फागुन ३ गते गरेको फैसलाबाट केही प्रतिवादीहरूलाई सफाइ र केहीलाई आंशिक सफाइ दिएको भन्दै आयोगले पुनरावेदन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *