अस्ट्रेलियाका म्याट रस नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । अस्ट्रेलियाका म्याट रस नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल फुटबल संघ (एन्फा) ले रससँग आइतबार सम्झौता गरेको जानकारी दिएको छ ।

इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई विस्थापित गर्दै रसले नेपाली टिम सम्हाल्ने भएका हुन् । एन्फाले एनेसको सम्झौता नवीकरण नगरेपछि रिक्त पदमा रस नियुक्त भएका हुन् । रस डेढ महिनाअघि नै नेपाल आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *