बीबीसी । इजरायलले हमाससँगको युद्धविरामको अवधि ४२ दिन थपेको छ । शनिबार मध्यराति पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो । यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ ह्विटलले गरेका हुन् ।
हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो । यसको पहिलो चरण मार्च १ को मध्यरातिबाट समाप्त भएको थियो ।
तर लगत्तै युद्धविरामको लम्बाउने घोषणा इजरायलले गरेको बीबीसीले जनाएको छ । रमजान लगायतका चाडपर्वलाई समेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ ।