किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र रूसी नेता भ्लादिमिर पुटिनसँगको कुनै पनि बैठकअघि आफूसँग युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने बताएका छन् ।
‘युक्रेनी सुरक्षा चिन्ताहरूमा सम्झौता गर्न हामीले यसका बारेमा भेट्न र कुरा गर्न आवश्यक छ । मलाई लाग्छ कि यो बैठक निष्पक्ष हुनुपर्छ, जसको अर्थ ट्रम्पले पुटिनलाई भेट्नुअघि’, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भने ।