काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओली आइतबार ७४ वर्ष लागेका छन् । ७४ वर्ष लागेको अवसरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा केक काटेर प्रधानमन्त्रीले ओली कपको शुभारम्भ गरेका थिए ।