प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी

बैतडी । प्रधानमन्त्री कप   पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा सुरु भएको छ ।

दशरथचन्द क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन खेलमा दार्चुलाले बझाङलाई  ११ रनले हरायो । जितका लागि पाएको एक ३५ रनको लक्ष्य पछ्याएको बझाङ निर्धारित २५ ओभरमा नौ विकेटको क्षतिमा एक सय २३ रन  बनाउन सफल भयो । खेलाडी गजेन्द्र भण्डारीले सर्वाधिक ४२ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

पहिला ब्याटिङ गरेको दार्चुला २४.४ ओभरमा एक सय ३४ रनमा समेटियो । दार्चुलाका रूपसिंह खातीले ३० र नरेन्द्र महराले १७ रन बनाए भने बझाङका सञ्जय बोहराले ३,अभिनास सिंह र भरत चन्दले समान २ विकेट हात पारे ।

प्रतियोगिताको  प्रारम्भ नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले  उद्घाटन गरेको थियो । त्यस अवसरमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी,उपाध्यक्ष रमेशबहादुर बोहरा,कोषाध्यक्ष दिनेश सिंह,बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दलगायत उपस्थित थिए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा जारी प्रतियोगितामा सुदूरपश्चिम  प्रदेशका आठ टोलीबीच स्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *