काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने त्यसको निरन्तर विरोध गरिरहने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले आफूहरु लोकतन्त्रको विरोधी नभएको तर लुटतन्त्रको भने विरोध गरिरहने बताएका हुन् ।
उनले आफू नेपालमा राजालाई कुनै स्पेश दिनुपर्छ भन्ने पक्षमा रहेको बताए । राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्दा गणतन्त्र विरोधीको रुपमा नबुझ्न पनि आग्रह गरे ।
उनले भने, ‘म राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्ने अर्थमा यहाँ कुरा राखियो। तपाईंले गणतन्त्र लडेर ल्याइएको होस् अथवा विदेशीको बुइ चढेर ल्याइएको होस्। त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी त्यसको निरन्तररुपमा विरोध गरिरहन्छौं ।’
त्यस्तै उनले पाथीभरामा केबलकार निर्माण गरी वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । उनले पाथीभरामा केबलकार निर्माण रोक्न माग समेत गरेका छन् ।