ला लिगामा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले लास पाल्मेसलाई २-० गोलले हराएको हो ।

इस्टाडियो डे ग्रान कानारियामा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन डानी ओल्मो र फेरान टोरेसले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोना २५ खेलबाट ५४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट २३ अंक जोडेको पाल्मेस १७ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *