आज नेपाल र म्यानमार भिड्दै

काठमाडौं । अन्तराष्ट्रिय महिला फूटबल च्याम्पियनसिप अन्तर्गत आज हुने राउण्ड रोबिनको अन्तिम खेलमा नेपाल र म्यानमार भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ६ बजे शुरु हुनेछ ।

दुवै टोली आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । दुवै टोलीले यसअघिको दुई खेल जित्दै फाइनलमा पुगिसकेका छन् । नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा लेबनानलाई समान १-० गोलले हराएको थियो ।

यस्तै म्यानमारले पहिलो खेलमा लेबनानलाई ३-१ गोल र दोस्रो खेलमा किर्गिस्तानलाई ५-० गोलले हराएको थियो ।

नेपाल र म्यानमार हालसम्म दुईपटक आमनेसामने भएका छन् । यसअघि सन् २०१८ मा भएको एएफसी वुमेन्स ओलम्पिक छनोटमा नेपाल र म्यानमारले १-१ गोलको बराबरी खेलेका थिए भए सन् २०१९ मा भएको ओलम्पिक छनोटमै नेपाल म्यानमारसँग ३-१ गोलले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *