हमासद्वारा थप ६ इजरायली बन्धक मुक्त

जेरुसेलम । हमासले युद्धविरामको सम्झौता अनुसार शनिबार थप जना इजरायली बन्धकको रिहाइ गरेको छ । रिहा हुनेमा २७ वर्षीया एलिया कोहेन, २२ वर्षीया ओमर शेम टोभ, २३ वर्षीय ओमर वेन्कर्ट, ४० वर्षीय ताल शोहम, ३९ वर्षीय अवेरी मेंगिस्टु र ३६ वर्षीय हिशाम अल–सयद छन् ।

हमासले शनिबार तीन चरणमा गरेर ६ जनालाई रेडक्रसको जिम्मा लगाएको थियो भने रेडक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन् ।

केही ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो । हमासकै नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी भने अहिलेसम्म रिहा हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *