काठमाडौं । आइतबारबाट काठमाडौंमा शुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केपी ओली कपको तयारी पुरा भएको जनाएको हो ।
भोली हुने उद्धाटन खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र विभागीय टोली नेपाल एपीएफ क्लब भिड्नेछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ ।
प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने गर्नेछन् ।
यस्तै प्रतियोगिताको फाइनल खेल हेर्न इटालीका चर्चित गोलकिपर जियानलुजी बुफन नेपाल आउने आयोजकले जनाएको छ ।