एनएसएल तेस्रो संस्करणको खेलाडी अक्सन शुरु (लाइभ)

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन शुरु भएको छ । आज हुने अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडीमाथि ७ टोलीले बोली बोली लगाउँदैछन् ।

क्याटगरी ‘ए’ का खेलाडीको न्युनतम रकम २ लाख र अधिकतम रकम ४ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै क्याटगरी ‘बी’मा रहेका खेलाडीको न्युनतम मुल्य १ लाख ५० हजार र अधिकतम मुल्य २ लाख रुपैयाँ तोकिएको छ ।

सहभागी ७ टोलीले समान टोली २२ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

सहभागी टोलीमा झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरहेका छन् ।

स्पोर्टिङ डी इलाम र वीरगन्ज युनाइटेडले भने एकपटक प्रतियोगिताबाट हात झिकेका छन् । यसअघि पहिलो संस्करणमा सात र दोस्रो संस्करणमा ९ टोलीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *