खेलकुदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउँछः मुख्यमन्त्री लामा

 

धुलिखेल । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राष्ट्रलाई अन्तरराष्ट्रियस्तरमा परिचित गराउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकले शुक्रबार बनेपामा ‘१६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद महोत्सव प्रतियोगिता’को उद्घाटन गर्दै उनले राष्ट्रको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको विकास गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताए  ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले धेरै खेलका विधाहरूको विकासमा टेवा पुर्याउँदै आएको भन्दै यो स्थानीयस्तरबाट खेलाडी जन्माउने उद्योगका रूपमा स्थापित हुँदै गएको मुख्यमन्त्री लामाले बताए ।

खेलको माध्यमबाट राष्ट्रलाई चिनाउन बागमती प्रदेश खेल क्षेत्रमा लगानी गर्न तयार रहेको भन्दै उनले त्यसको लागि प्रदेश सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गरिरहेको उल्लेख गरे ।

‘१६औँ राष्ट्रपति रनिङ शिल्ड खेलुकद महोत्सव’ मा जिल्लाका १३ वटा स्थानीय तहबाट विभिन्न विधामा खेलाडी सहभागी छन् । प्रतियोगिता आइतबार सम्पन्न हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *