काठमाडौं । अन्तराष्ट्रिय महिला फूटबल च्याम्पियनसिप अन्तर्गत लेबनानविरुद्ध हुने खेलको लागि नेपालको शुरुवाती ११ घोषणा भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलको लागि टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापो सुब्बाको कप्तानिमा नेपालको शुरुवाती ११ घोषणा गरेका हुन् ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । किर्गिस्तानविरुद्धको पहिलो खेल खेलेकी निशा थोकर र रश्मी कुमारी घिसिङको स्थानमा समिक्षा घिमिरे र सावित्रा भण्डारी शुरुवाती ११ मा रहेकी छिन् ।
नेपालको शुरुवाती ११ : एन्जिला तुम्बापो सुब्बा(कप्तान र गोलरक्षक), पुजा राना, गीता राना, समिक्षा घिमिरे, बिमला चौधरी, प्रिती तामाङ, रेनुका नगरकोटी, सविता राना मगर, बिमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल