तोलामा ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुनमा ५०० रुपैयाँ र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *