हाय कानूनको शासन ! बेलुन फुलाई दिनेलाई मुद्दा

-माधवकुमार बस्नेत ।

म पनि एक समयको कम्युनिष्ट अर्थात् २०४८ साल अघिको । त्यसपछि राजनीति गर्ने होइन पढ्नेमात्रै हो भनेर छोडेर कुनै दलमा नलागी बसेको । म कम्युनिष्ट भएको बखतमा एउटा गीत घोकाइन्थ्यो ‘लाखौंका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई स्वर्ग छ’ भन्ने । अहिले त्यो ठ्याक्कै मिलेजस्तो लाग्छ– बालमन्दिर खानेलाई मुद्दा नचलाउने, सोझासँग पैसा उठाएर मुख्यमन्त्रीलाई समेत अटेर गरेर जापान मान्छे पुर्यााउनेलाई मुद्दा नचलाउने, पैसा तिरेर जानेलाई जेल, सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट कीर्तेमा कारबाही गर्नू भनेर आदेश गरेकालाई मुद्दा नचलाउने बरु सांसद बनाउने, सरकारी जग्गालाई जुत्ता कारखाना हुँदै… यस्तै यस्तैलाई केही नगर्ने तर यिनैको कार्यक्रमलाई सफल पार्न बेलुन फुलाई दिनेलाई मुद्दा चलाउने !

बेलुन उडाउने कार्यक्रम त त्यो विचरो बेच्नेले राखेको होइन होला । आयोजकले नै राखेको होला । मुखले फुकेको वा पम्पले हावा हालेको बेलुन त उड्दैन । यो त सामान्य समझ नगुमेका होस ठेगानमा भएका सबैलाई थाहा हुने कुरा हो । त्यसैले उडाउन त बेलुनमा त्यही ग्यास हाल्नु पथ्र्यो । विचराले हालिदियो ।

यिनको बुद्धि नमासिएको भए बेलुन पड्किदैनथ्यो । कार्यक्रम सफल हुन्थ्यो । सफलता यिनको हुन्थ्यो उसको खल्तीमा केही दाम जान्थ्यो । उसले पाउने बश त्यत्ति हो । यिनको बुद्विमा बिर्को लागेर बेलुन पड्क्यो । मुद्दाचाहिँ त्यो विचरोलाई । उही गीत ‘लाखौंका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ!’
हाय कानूनको शासन ! हाय पदाधिकारीको बुद्धि ! हाय पक्राउ गर्ने र म्याद थप्ने मुद्दा हेर्नेको चाकडीको उच्चतम नमूना !!! भगवानले यस्तैको सधैँ कल्याण गरून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *