नयाँदिल्ली । भारतको राजधानी दिल्लीको मुख्यमन्त्रीमा भारतीय जनता पार्टी (भाजपा) ले नेतृ रेखा गुप्तालाई चयन गरेको छ ।
भाजपाको बुधबारको बैठकले मुख्यमन्त्रीमा गुप्ताको नाम चयन गरेको हो । दिल्लीको शालिमारवाग क्षेत्रबाट विधान सभा सांसद रहेकी गुप्ता विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् ।
गुप्ताले १९९२ मा दौलत राम कलेज, दिल्ली विश्वविद्यालयमा अखिल भारतीय विद्यार्थी परिषद मार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन् । नयाँदिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।
नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी छन् ।