भारतमा नेपाली विद्यार्थी मृत्युबारे सरकारले कुटनीतिक सम्पर्कमा रहेका बुझ्दैछः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कुटनीतिक सम्पर्कमा रहेको बताएका छन् ।

घटना सार्वजनिक भएपछि सोमबार सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जा मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

भारतको कलिंगा कलेजमा बुटवलकी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो । जुन विषयमा सत्य तथ्यको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई जबर्जस्ती निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *