भारतको नयाँदिल्लीस्थित रेल स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

बीबीसी । भारतको राजधानी दिल्लीस्थित नई दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रेलमन्त्री अश्विनी वैष्णवले रेलवे स्टेशनमा भागदौड भएको पुष्टि गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै रेलमन्त्री अश्विनी वैष्णवले रेलवे स्टेशनमा भएको भागदौडले आफूलाई स्तब्ध पारेको उल्लेख गरेका छन् । उनले ज्यान गुमाउनेका परिवारलाई समवेदना दिँदै उद्धार टोलीले दुर्घटनामा परेकाहरूलाई मद्दत गरिरहेको बताएका छन् ।

एकजना प्रहरी अधिकारी केपीएस मलहोत्रका अनुसार १० देखि १५ मिनेटसम्म अत्यधिक भिड भएकाले अवस्था नियन्त्रणबाहिर गएको थियो । प्रयागराजमा चलिरहेको कुम्भमेलामा भएको भागदौडमा दर्जनौँ मानिसको ज्यान गएको केही सातापछि दिल्लीको यो घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *