उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई आहा ! रारा गोल्डकपको उपाधि

पोखरा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले पुलिसलाई ३–१ गोलले हराएको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै विजेता बन्यो । ब्ल्याक बुल्सका जाखोन्गिर अख्मदोभ, असिल्बेक ओरिफ्जोनोभ र साभ्कत्जोन सात्तोरोभले गोल गरे ।

पुलिसले एक गोल आत्मघाती उपहार पायो । सेमिफाइनलमा पुलिसले ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइजलाई र ब्ल्याक बुल्सले ५ पटकको विजेता थ्री स्टारलाई हराएको थियो ।

ब्ल्याक बुल्सले उपाधिसँगै १२ लाख १ हजार र उपविजेता बनेको पुलिसले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १२ वटा टोली सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *