काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीका फरवार्ड अन्जन विष्ट फ्रेन्चाइज क्लब एफसी चितवनको मार्की खेलाडीमा नियुक्त भएका छन् । फूटबल फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि चितवनले अन्जनलाई मार्की खेलाडीको रुपमा नियुक्त गरेको हो ।
अन्जन यसअघि पहिलो संस्करणमा ललितपुर सिटी एफसी र दोस्रो संस्करणमा झापा एफसीको मार्की खेलाडी रहेका थिए ।