काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले फागुन १ गतेलाई ’जनक्रान्ति दिवस’ को रुपमा मनाउनुपर्ने बताएका छन् ।
उनले शब्दको जुंगाको लडाइँ छाडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाउनु पर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘फागुन १ गते । नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन ! संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, वेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तरहृदयदेखि उच्च सम्मान ! शब्दको जुंगाको लडाइँ छोडौं । फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक बर्ष ’जनक्रान्ति दिवस’ को रुपमा मनाऔं ! १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२–६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौं !’