बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता भएको बताएका छन् । त्यसमा दुवै नेताहरू युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता सुरु गर्न सहमत भएको उनको भनाइ छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ’ट्रूथ सोशल’मा एउटा पोस्ट गर्दै आफू र रुसी राष्ट्रपति ‘आआफ्ना सम्बन्धित टोलीबीच तत्कालै वार्ता सुरु गर्न सहमत भएको’ जनाएका छन् । उनले आफूहरूले एकअर्कालाई आफ्ना देशको राजधानी भ्रमण गर्न निम्तो पनि दिएको जनाएका छन् ।
उनले आफूहरूले एकअर्कालाई आफ्ना देशको राजधानी भ्रमण गर्न निम्तो पनि दिएको जनाएका छन् । दुई नेताहरूको टेलिफोन वार्ता र ट्रम्पको भनाइ आएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले ट्रम्पसँग ‘दीर्घकालीन र भरपर्दो शान्ति’बारे कुराकानी गरेको बताएका छन् ।
ट्रम्प र उनका रक्षामन्त्रीले ’नेटो’मा युक्रेन सहभागी हुने सम्भावना कम भएको बताउँदै आएका बेला युद्धरत दुवै पक्षसँग ट्रम्पको कुराकानी भएको हो । नेटोमा युक्रेनको सहभागिताको सन्दर्भमा ट्रम्पको नीतिका कारण किएभ निराश बनाउन सक्छ ।
जेलेन्स्कीले शुक्रबार जर्मनीको म्युनिखमा हुने युक्रेनबारेको रक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति डेजी भान्स र विदेशमन्त्री मार्को रुबिओसँग भेटघाट हुने बताए ।