बेइजिङ । चीनले औद्योगिक डिजिटलाइजेसन र बौद्धिक स्तरवृद्धिलाई गति दिन ३० हजार भन्दा बढी आधारभूत स्तरका स्मार्ट कारखाना निर्माण गरेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय –एमआइआइटी) ले जनाएको छ ।
चीनको स्मार्ट फ्याक्ट्री ग्रेडियन्ट कार्य अन्तर्गतको पहलले एक हजार २०० उन्नत स्तर र २३० उत्कृष्ट स्तरका स्मार्ट कारखाना सृजना गरेको छ । मन्त्रालयका अनुसार यो उपलब्धिले देशको उत्पादन परिदृश्यलाई पुनः आकार दिनमा भएको महत्वपूर्ण प्रगतिलाई उजागर गर्दछ ।
दुई सय ३० उत्कृष्टता स्तर कारखाना चीनका ३१ प्रान्तीय क्षेत्रमा ८० प्रतिशत भन्दा बढी उत्पादन क्षेत्र समेटेका छन् । यस अन्तर्गत एआई–संचालित गुणस्तर निरीषण र डिजिटल अनुसन्धान तथा विकास सहित लगभग दुई हजार उन्नत परिदृश्यहरू सम्पन्न गरेको एमआइआइटीले जनाएको छ ।
यसमा आवश्यक स्मार्ट निर्माण उपकरण, औद्योगिक सफ्टवेयर र स्मार्ट निर्माणको विशिष्ट परिदृश्यहरूमा केन्द्रित प्रणालीहरू प्रयोग गर्ने समावेश छ ।
त्यसो गरेर, तिनीहरूले वास्तविक–समय डेटा सङ्कलन, मुख्य उत्पादन प्रक्रियाको स्वचालन, उत्पादन र परिचालन व्यवस्थापनको सूचनाकरण बढाउन र केही पक्षहरूमा बुद्धिमत्ता अन्वेषणको उपयोग गर्न सक्छन् ।