पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले हराउँदै पुलिस कीर्तिमानी ११ औं पटक फाइनलमा पुगेको हो ।
पोखरा रंगशालामा भएको खेलमा सन्जिव लामाले दोस्रो हाफको ५८ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।
अब पुलिसले भोलि थ्री-स्टार क्लब र ब्ल्याक बुल्स फूटबल क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा खेल्नेछ ।