नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको मृत्यु भएको छ, भने अन्य केही घाइते भएका छन् ।
मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए ।
स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा सडकको गलत दिशामा गुडिरहेको थियो । उक्त दुर्घटना राज्यको जबलपुर जिल्लामा भएको हो ।