काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद असिम शाहले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले भने, ‘सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेन। पारदर्शिताको नारा घन्काउनेहरू किन मौन छन् ? मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त ? तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरोस् ।’