वेलायतबाट आएका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण

काठमाडौं । वेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वेलायतबाट केही दिन अघि नेपाल आएकामध्ये ६ जनाको नमुना परीक्षणका लागि हङकङ पठाएकोमा दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

तीन मध्ये एक महिला र एक पुरुषको पीसीआर परीक्षण नेगेटिभ आइसकेको र एक जनाको रिपोर्ट भने पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले कोरोनाको जोखिम अझै रहेको र खोप नआउन्जेल सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *