जबजले दुई दलिय व्यवस्थालाई स्वीकार्दैन

कर्णबहादुर थापा ।

जनताको बहुदलिय जनवादले एक दलिय, दुई दलिय वा दलविहीन व्यवस्थालाई स्वीकार्दैन । समाजमा रहेको बहुलतालाई स्वीकार्दै बर्गस्थितिका आधारमा बनेका दलहरुका बीचको प्रतिस्पर्धाबाट श्रेष्ठता साबित गर्ने राजनीतिक मान्यतालाई आत्मसात गर्दछ । दलहरुले जनविश्वास प्राप्त गर्नको लागि जनतालाई अपीलसम्म गर्न सक्दछन् । जनता नै अन्तिम निर्णायक शक्ति हुन जसले दलहरुको स्थान तोकिदिन्छन् । जबजको मान्यताका अनुसार जनवादी राज्य सत्ता हुदै समाजवादको विकासको अन्तिमचरणसम्म पुग्दा पनि यस मान्यतालाई राज्य व्यवस्थामा पालना गरिनेछ । यस राजनीतिक प्रतिवद्धताले जबजलाई नेपाली क्रान्तिको मौलिक र विशिष्ट सिद्धान्त बनाएको हो ।

जसका कारणले जनताद्धारा व्यापक समर्थन प्राप्त भएको हो । एमालेको सम्पूर्ण पंत्ति जबजको मार्गदर्शनमा चल्नु पर्दछ । पाँचौ राष्ट्रिय महाधिपवेशनदेखि दशौं राष्ट्रिय महाधिवेशनको फैसलालाई आत्मसात गर्नुपर्दछ । कुनै पनि तहको व्यक्तिमा अस्पष्टता छ भने कमिटीमा व्यापक बहस गरिनु पर्दछ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण जबजको दार्शनिक मान्यता भएकाले आत्मिक नेतृत्वको मान्यतालाई स्वीकार्ने कुराको त कल्पना पनि गर्न सकिदैन । सबै स्पष्ट हौं, जबजको मान्यतालाई कसिलो गरी समातौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *